Saturday, June 27News That Matters

३ लाख बढी नगद सहित जुवा तास खेल्ने ७ जना पक्राउ

पूणर्पुष्टि, मंसिर १३

मोरङको उर्लावारी नगरपालिका(९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका(९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका(८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका(३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका(५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।