
असोज २९ गते ।
पशुपतिनाथको मन्दिरमा करिब ४५ किलो सुन चढाएको नयाँ तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले यसअघि एक वर्ष लगाएर तयार गरेको प्रतिवेदनमा ५६ वर्षमा ९ किलो मात्र सुन देखाएको थियो ।
अहिलेसम्म ९ किलोमात्र पशुपतिनाथमा सुन चढाएको समाचार बाहिर आएपछि सर्वत्र विरोध भएको थियो । त्यस लगतै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।
