
गाईघाट/माघ, २८
गाईघाटमा ४५ दिने कुसन तालिम संञ्चालन भईरहेको छ । नेपाल घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तालिम सञ्चालन भईरहेको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय जगत भवन स्थित तालिम संञ्चालन भईरहेको छ । तालिममा सोफा तथा सजावटका लागि कुसन लगाएत अन्य खादा र कपडाहरु उत्पादनको सिलाई तालिम भईरहेको छ ।

तालिमा १० जनाले सहभागी जनाएको छ । तालिमा उत्पादन भएको कुनै पनि सामाग्रीहरु होलसेलमा बिक्रि गरिने प्रशिक्षक ज्ञानु श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले सबैखालको कपडाहरुको उत्पादन सँगै सिप सिकाएर आत्मानिर्भर बनाउने भन्दै तालिम संञ्चालन तथा प्रशिक्षण गराई रहेकीे बताउनुभयो ।
तालिममा बिषेश गरी ढाकाको आइटम उत्पादन भईरहेको छ । तालिमको उद्घाटन घरेलु तथा साना उद्योग विकास समिति उदयपुर शाखाको निमित प्रमुख पाक्रम खाले गर्नुभएको थिायो ।
फोटो फिचर



