Wednesday, July 1News That Matters

४ ओटा ट्रक तोडफोड

पूर्णपुष्टि, माघ २२

बन्द अवज्ञा गरेको भन्दै भरतपुरमा ४ ओटा ट्रक तोडफोड भएको छ । नेकपा माधव–प्रचण्ड समूहले आज गरेको देशव्यापी आमहडतालको अवज्ञा गरेको जनाउँदै बन्दकर्ताहरुले ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका(१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका(१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

असंवैधानिक कदमको चर्को विरोध गर्दै माधव प्रचण्ड समूहले देशका सबै जिल्ला र स्थानहरुमा बन्दको आह्वान गरी बिहिबार नेपाल बन्द गरेको छ । बिहानै देखि कार्यकर्ताहरुले अवज्ञा गर्ने सवारीहरु तोडफोड गरिरहेका छन् ।