
पूर्णपुष्टि, असार २७
५५ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
मगरमाथी महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
