
पूर्णपुष्टि, कार्तिक ४
५ किलो भन्दा बढी गाँजासहित मकवानपुरबाट दुई जना युवक पक्राउ परेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजालाइ ५ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कात्तिक २ गते बिहान ८ः बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको थियो ।
हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।

