Tuesday, June 2News That Matters

५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

पूर्णपुष्टि, कार्तिक १ गते ।
पाँच हजार घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्यूटर अपरेटर पक्राउ परेको छ । अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत सञ्जय प्रसाद यादवलाई पाँच हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग लिएको पाँच हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जनाए ।
उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।