
भदौ २३ गते ।
वीरगञ्जबाट एक जना प्रहरी जवानलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई वीरगञ्ज महानगरपालिका–६ माइस्थानको एक मिठाइ पसलबाट पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । बारा घर भएका तेलीलाई अख्तियारको कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो ।
तेलीले कमसल आर्युवेदिक औषधि दिएको विषयमा टुङ्गिसकेको उजुरी मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरेको सूचना र उजुरीको आधारमा तेलीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
