Monday, April 20News That Matters

५ हाजार हेक्टर मकै बालिमा फौजी किराको प्रकोप

विक्रम राई
पूर्णपुष्टि, असार ३ गते ।

खेतबारीमा लगाएको मकै बालिमा अमेरिकन फौजि किराको प्रकोप बढ्दै गएपछि उदयपुरका कृषकहरु चिन्तित बनेका छन् । यस वर्ष जिल्लाको ४ हाजार ७ सय ८९ हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको मकै बालिमा फौजि किराको प्रकोप फैलिएको कृषी ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

जिल्ला भरीका कृषकहरुले वर्षेनी ९ हजार ७ सय ८८ हेक्टर भन्दा बढी क्षेक्रफलमा मकै बालि लगाउँदै आएको छ । उक्त क्षेत्रफल मध्ये ४ हजार ७ सय ८९ हेक्टर क्षेफल भन्दा बढीमा लगाएको मकै बालीमा किराको प्रकोप देखिएको ज्ञान केन्द्रको जनाएको छ ।

रौतामाई गाउँपालिकाको ८ वटै वडामा २ हजार ७७ हेक्टर क्षेत्रपलमा मकै बालि लगाईएको थियो । उक्त क्षेत्रफलमध्ये १ हजार ४ सय ७२ हेक्टरमा लगाएको मकै बालिमा फौजि किराको प्रकोप देखिएको छ । यसबाट पालिकाका ३ हजार ३ सय ५ घर परिवार कृषक प्रभावित भएका छन् । त्यस्तै बेलका नगरपालिकाको ९ वटा वडामा २ हजार ३ सय हेक्टर क्षेत्रफलमा लगाईएको मकै बालिमध्ये १ हजार ६ सय ८५ हेक्टरमा फौजि किराको प्रकोप देखिएको छ । यसबाट पालिकाका ३ हजार ७ सय ८० घर परिवार कृषक प्रभावित भएका छन् ।

त्यस्तै त्रियुगा नगरपालिकाको १६ वटा वडामा २ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाईएको मकै बालि मध्ये ९ सय २३ हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखा परेको छ ।  किराको प्रकोपबाट नगरका ३ हजार १ सय २० घर प्रभावित भएको ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिकाको ८ वटा वडामा ३ सय ३५ हेक्टरमा लगाएको मकै बालिमध्ये १ सय १८ हेक्टरमा किराको प्रकोप फैलिएको छ । किराको प्रकोपबाट पालिकाका ३ हाजार १ सय ५० घर परिवार प्रभावित भएका छन् ।

त्यस्तै कटारी नगरपालिकाको सवै वडामा २ सय ३९ हेक्टरमा लगाएको मकै बालिमध्ये १ सय ४६ हेक्टरमा किराको प्रकोप पैmलिएको छ । किराको प्रकोपबाट ४ सय २० घर परिवार प्रभावित भएका छन् । त्यस्तै ताप्लि गाउँपालिकाको ५ वटै वडामा २ हाजार २ सय २० हेक्टर क्षेत्रफलमा लगाएको मकै बालि मध्ये ३ सय ३५ हेक्टरमा किराको प्रकोप देखा परेको छ । किराको प्रकोपबाट २ हजार २ सय ५७ घर परिवार प्रभावित भएका छन् ।

त्यस्तै चौदण्डिगढी नगरपालिकाको १० वटा वडामा १ सय २७ हेक्टर क्षेत्रफलमा लगाईएको मकै बालि मध्ये १ सय १० हेक्टरमा किराको प्रकोप देखा परेको छ । किराको प्रकोपबाट ३ हजार ४ सय ४५ घर परिवार प्रभावित भएको ज्ञान केन्द्रले जनाएको छ ।

फौजी किराको प्रकोपबाट भएको क्षती विवरण जिल्लाको ८ वटै पालिकाहरुलाई मागे पनि लिम्चुङ्बुङ गाउँपालिकाले अहिलेसम्म विवरण नपठाएको कृषी ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीले बताए ।

लिम्चुङ्बुङ गाउँपालिकाको ५ वटै वडामा लगाईएका मकै बालीको ९० प्रतिशतमा फौजी किराको प्रकोप फैलिएको लिम्चुङ्बुङ गाउँपालिकाका कृषी शाखा प्रमुख गगन राईले बताए । पालिकाले किराको प्रकोप नियन्त्रणका लागी ३ लाख ५० हजार बराबरको विषदी किनेर कृषकलाई वितरण गरेको उनले बताए ।

गत वर्ष उदयपुरमा २४ हजार ७ सय १२ मेक्ट्रिक टन मकै उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । धानपछि सवै भन्दा बढी उत्पादन हुने बालिको रुपमा रहेको मकै पहाडी भेगका मुख्य खाद्य बाली पनि हो ।

मकैमा फौजि किराको प्रकोप देखा परेपछि नियन्त्रणको लागी कृषी ज्ञान केन्द्र उदयपुरले ८ लाख र जिल्लाको ८ वटै पालिकाले गरी साढे २७ लाखको विषदी खरीद गरी कृषकलाई वितरण गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख रेग्मीले बताए ।

वर्षे बालिको रुपमा लगाईएको मकै दुई तीन पाते हुदादेखि नै गत चैत्र पहिलो हप्तादेखि फौजि किराको प्रकोप देखा परेको निमित्त प्रमुख रेग्मीले बताए । विषादीले पूर्ण रुपमा नियन्त्रणमा नआएपनि अहिले मकै छिप्पि सकेकाले खासै क्षेती नगरेको उनले बताए । मकैको विरुवा अर्थात कलिलो मकैमा बढी क्षती गर्न भएकाले पनि मकै छिप्पिएपछि खासै क्षती गर्न सक्दैन ।

फौजी किरा नियन्त्रण गर्न ईमामेक्टिन बेन्जोईट विषादीको प्रयोग गर्नु पर्छ । २ लिटर पानीमा १.५ ग्राम विषदी घोलेर साँझ पख मकैमा छिट्नु पर्ने ज्ञान केन्द्रले जनाएको छ ।

किराको प्रकोपबाट चिन्तित बनेका कृषकहरुलाई पालिकाहरुले विषादी वितरण गरेपनि बारीमा नभ्याएपछि कतिपय कृषकहरुले पैदल हिडेर गाईघाटबाट विषादी किनेर छिटेका थिए ।