
पूर्णपुष्टि,फागुन ४
७६ बर्षीया वृद्धालाई करणी गरेको आरोपमा बाराबाट प्रहरीले एक युवा पक्राउ गरेको छ । नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा करणीको आरोपमा पक्राउ परेको हो ।
दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
दलबहादुरविरूद्ध करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।
