Tuesday, April 21News That Matters

७ प्रहरी सहित १५ जनामा कोरोना पुष्टि

पूणर्पुष्टि, साउन १९

आज थप १५ जना संक्रमित थपिएका छन् । बिराटनगरमा ७ प्रहरी सहित १५ जनामा कोरोना संक्रमण पुष्टिम भएको हो ।

संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् ।