Sunday, May 17News That Matters

८१ किलो गाँजासहित १ जना पक्राउ

पूर्णपुष्टि, साउन ६

८१ किलो लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले मकवानपुर मनहरीबाट पक्राउ गरेको छ । मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले सो सिरमाणको गाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ४२ को बाबुराम नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार विहान २ः४५ बजेको समयमा उक्त ट्रकबाट सो परिमाणमा लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताउनुभयो ।

ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।