
पूर्णपुष्टि, कात्तिक ३० ।
नेपाल बंैक लिमिटेड गाईघाट शाखाले बैंकको ८३ औं वार्षिकोत्सव मनाउदै एटिएमको उद्घाटन शनिबार गरेको छ । एक समारोहकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कार्यक्रमको प्रमुख आतिथ्य गर्दै एटिएमको उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै मेयर चौधरीले बैंकलाई नगरबासीको समृद्धिसंग जोडेर सहकार्य र समन्वय अगाडि बढाउने बताउनुभयो । बैंक र नगरपालिका मिलेर कृषि, उद्योग जस्ता क्षेत्रमा लगानी गरिने त्यसका लागि नगरपालिका जिम्मेवारी बस्ने उहाँले बताउनुभयो । उहाँले बैंकले प्रभावकारी सेवा विस्तार गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख रमेश रोका, समाजसेवी पेशल आचार्य, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा नगरपालिकाका अधिकृत दिनेश सिवाकोटी लगायतले मन्तब्य राख्दै प्रभावकारी सेवा विस्तार गर्न सफलताको शुभकामना दिएका थिए । उनीहरुलो आ आप्mनो क्षेत्रबाट समन्वय र सहकार्यको प्रतिबद्धता पनि जनाएका थिए ।

नेपालको पहिलो बैंकको रुपमा इतिहास बोकेको सो बैंकको गाईघाट शाखाले आप्mनो सेवालाई प्रभावकारीरुपमा विस्तार गर्ने उद्घोष गर्दै कार्यक्रमको आयोजना गरेको शाखा प्रवन्धक गोविन्द त्रिपाठीले बताउनुभयो । त्रिपाठीले नेपाल बंंैकले मुनाफा भन्दा ग्राहकको हितलाई बढि ध्यान दिदै सेवा प्रवाह थालेको बताउनुभयो । अवका दिनमा ग्राहकहरुकै चाहना र आवश्यकता बमोजिम आफ़ना बैंकिङ सेवा र गतिविधिहरु विस्तार गर्ने उहाँले बताउनुभयो ।
नागरिक समाज, समाजसेवी, व्यापारी, ब्यवसायी, ग्राहक तथा सर्बसाधारणहरुको उपस्थिति रहेको कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै एटिएमको सेवा सञ्चालन गरिएको थियो ।
