Thursday, May 28News That Matters

८ सय २६ जनाको आरडीटी परिक्षण

विराटनगर, बैशाख ४ गते । 

१ न. प्रदेशमा अहिलेसम्म (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये एक जनाको रिर्पोट पोजेटिभ आएको थियो भने बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा आज नेगेटिभ आएको हो ।

ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको थियो । जसमध्ये ६५ महिला र २ सय ७६ पुरुषको परिक्षण भएको हो ।

परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिर्पोट आउन बाँकी रहेको जनाईएको छ ।

हालसम्म दुबै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ आएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

१ न. प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तिव्रता दिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या अहिलेसम्म कूल ५ सय ६८ जना छ । जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् ।

क्वरोन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा ६ सय ३५ महिला र ३ हजार एक सय ८१ पुरुष गरी जम्मा जम्मा ३ हजार ८ सय १६ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ ।