Thursday, May 28News That Matters

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेकाे संख्या ६०२ पुग्याे

पूर्णपुष्टि, चैत २७ ।

आजसम्म १ नं. प्रदेश अन्तर्गतका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ६ सय २ जना पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या उक्त परिमाणको रहेको हो । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् ।

क्वारेन्टाइनबाट घर फर्कनेतर्फ आजसम्म ५ महिला र १५ पुरुष रहेको जनाइएको छ । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् ।

प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन ।  सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ ।

आइसोलेसन स्थान ४८ सय र बेड संख्या  ४ सय ३२ नै यथावत छ । उता, होम क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । विहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारेन्टाइन र आइसोलेसन बेड संचालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।