
पूर्णपुष्टि, असार ८
दाङमा जंगलबाट टिपेर ल्याएको खाँदा पाँच जना विरामी परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–८ गहत खोलाका ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन विषालु च्याउ खाएर विरामी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
मैती पुनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । आईतबार साँझ उनीहरुले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।
