Tuesday, June 30News That Matters

डीएसपीकै नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचारको मुद्दा दायर

पूर्णपुष्टि, असार ३०

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ ।

नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङबाट लिएको नेपाली नागरिकताको प्रमाण पत्र र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको आरोप पत्रमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट जारी विज्ञापन प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झुट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको  छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।