उदयपुरमा थप ३० जना संक्रमित थपिए, जिल्लामा संक्रमितको संख्या २,९७० जना पुग्यो

पूर्णपुष्टि, साउन १८

उदयपुरमा आज (सोमबार) थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १९ पुरुष र ११ महिला गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९७० जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज त्रियुगा र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकामा संक्रमण देखिएको हो । आज सबै भन्दा बढी त्रियुगामा संक्रमण देखिएको छ । त्रियुगामा १३ पुरुष र ७ महिला गरी २० जनामा संक्रमण पुष्टि भएको छ । कटारीमा ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै, लिम्चुङबुङमा ३ पुरुष र १ महिला गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना जितेर आज थप ६२ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ४२४ पुरुष र १ हजार २२२ महिला गरी जम्मा २ हजार ६४६ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १५२ पुरुष र १२० महिला गरी २७२ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा ३६ पुरुष र १६ महिला गरी ५२ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0