खोटाङ प्रतिभा-२०८० बिजेता अश्विन राईको “तिम्रो मायाँले” सार्वजनीक

पूर्णपुष्टि,माघ ६ । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेयातको सह–आयोजनामा आयोजित ‘खोटाङ प्रतिभा-२०८०’का बिजेता अश्विन राईको आवाजमा “तिम्रो मायाँले” बोलको नयाँ गित शुक्रवार सार्वजनीक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान नेपालका उपकुलपति तथा वरिष्ठ गायक शम्भु राईले रचना गरेको उक्त गीत उनकै युट्युब च्यानलबाट शुक्रवार सार्वजनिक गरेको हो ।

अश्विन राईको पहिलो प्रस्तुती स्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । उक्त गितमा डाइरेक्सन तथा कोरियोग्राफी अभि लामाले गरेका छन् । यता भिडियोमा भने अश्विन राई आफै खेलेका छन् उनलाई मोडल बिमला लिम्बुले साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियोमा दुई प्रेमीको मिलन र बिछोडका बिभिन्न दृश्य आदि समावेश गरिएको छ । उक्त गीतमा एक प्रेमीले आफ्नो प्रेमीकालाई भेट्न उनको घर आएको तर प्रेमीकालाई परिवारले सहर बोलाएर गाउँ छाडी गएको सम्वाद सुन्न सकिन्छ । ती प्रेमीले आफ्नो प्रेमिकालाई भेट्न सहर गएको आदि दृश्य म्युजिक भिडियोमा समावेश गरिएको छ । पछिल्लो समय प्रेम गर्ने जोडिहरु विभिन्न कारण संगै सहन नसक्ने भएको भिडियोले दर्साएको छ ।

‘खोटाङ प्रतिभा–२०८०’को गायन तर्फबाट बिभिन्न चरणहरु पार गर्दै उपाधी चुमेका अश्विन बिगत लामो समय देखि संगितिक क्षेत्रमा आवद्द छन् । उनले गरेको यो पहिलो प्रयास दर्शक स्रोताहरुले मनपराउनु हुनेछ भन्ने उन विश्वास व्यक्त गरे । यस लगतै उनी बिभिन्न सांगितिक कार्यक्रमका लागि देश,विदेश जाने बताए ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=Z09b2wq_K9A

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0