
गजल
मास्तिर पो थुकेर मरेछु ।
ऐनामा हेरेर लुकेर मरेछु ।
कसैले भन्यो, ए ! कुकुर
हतारमा हजुर भनेर मरेछु ।
आफैतिर कुद्दै आयो चोर
सरकार भन्दै ढोगेर मरेछु ।
श्रीमतिले कुटेर स्ट्याचु भनी
त्यत्तिकै स्ट्याचु पो बनेर मरेछु ।
सुटुक्क लुकेर खैनी खान लाग्या
माडेर ताली पो ठोकेर मरेछु ।
गोठकृष्ण ठकुरी
मोतिगडा, उदयपुर
