Sunday, June 21News That Matters

त्रिउवा संघ बरिष्ठ उपाध्यक्षकाे नतृत्वकाे टाेलीले सुरक्षा, पत्रकार क्षेत्रलाइ स्वास्थ्य सामग्री वितरण

पूर्णपुष्टि, जेठ २ । 

त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश रसाइली नेतृत्वको टोलीले अग्रपंतीमा कोरोना विरूद्ध लडिरहेका सुरक्षाकर्मीहरूलाइ स्वास्थ्य सामग्री वितरण गरेको छ ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीलाइ ५ सय वटा मास्क र ११ लिटर सेनिटाइजरका दरले प्रदान गरेको छ । त्यसैगरी विभिन्न प्रहरी चौकी, अस्थाइ प्रहरी पोष्ट, ट«फिक कार्यालयहरूलाइ पनि प्रदान भएको छ । नगर प्रहरी गाइघाटलाइ मास्क ३ सय, सेनिटाइजर  ६ लिटर प्रदान भएको छ । साथै इलाका प्रहरी जलजले र लालपत्ता प्रहरी चौकीलाइ ३ सय मास्क, ७ लिटर सेनिटाइजरका दरले प्रदान भएको छ । साउने प्रहरी चौकी, चुहाडे प्रहरी चौकी, बसपार्क प्रहरी पोष्टलाइ ३ सय मास्क र २ लिटर सेनिटाइजरका दरले प्रदान भएको छ । नेपाल पत्रकार महासंघ उदयपुरलाइ ३ सय मास्क र ७ लिटर सेनिटाइजर प्रदान गरिएको छ ।

संकटकालिन अवस्थामा सबैले याेगदान गर्नुपर्ने कुरालाइ मध्येनजर गर्दै वितरण गरिएकाे युवा व्यवसायी एवम् समाजसेवी किशाेर राइले बताउनुभयाे ।
वितरणका तस्विरहरू :