
पूर्णपुष्टि, जेष्ठ १७
झापामा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा दुर्घटना हुँदा सोही नगरपालिका–६ का ४० वर्षीय जीवन कुमार दर्जीको ज्यान गएको हो ।
आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुँदा दर्जी गम्भिर घाईने भएका थिए । घाईते दर्जीको विएन्ड सी अस्पताल बिर्तामोडमा उपचाको क्रममा बेलुका सँवा ८ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
