
उदयपुर, मंसिर २० गते ।
उदयपुरको ठाडीमा जंगली हात्तीले एक घर भत्काई अन्नपात नष्ट गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं २ ठाडीमा हरि बहादुर बस्नेतको घर भत्काई अन्नपात खाएर नष्ट गरेको हो ।
बुधबार राति अएको जंगली हात्तीको समुहले बस्नेतको घरको बेरा भत्काई धान, चामल, लगायतको अन्नपात खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
दुई तले बासले बारेको घरलाई ४ वटा हात्तीको समूहले भत्काई अनुमानित २ लाख बराबरको अन्नपात क्षती गरेको प्रहरीले जनाएको छ ।
जंगली हात्तीको त्रासले भुल्के, ठाडी, चाँप, मोतिगडा लगायतका वासिन्दाहरु हात्ति लखेट्न रातभर जागरम बसेर थिए ।