
१.
उदयपुरमा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । ८६ जनाको परिक्षण गर्दा १४ महिला र ७ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका २० र लिम्चुङबुङका १ जना हुन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ७५ रहेको छ । संक्रमितहरु मध्ये ९९० जनाको होम आइसोलेशनमा र ८५ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।
२
उदयपुरमा आज ९१ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ४३, कटारीको १९, चौदण्डीगढीको २, बेलकाको १९, रौतामाईको ७ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ४९६ पुगेको छ ।
३
आज जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या फराकिलोरुपले माथि छ । संक्रमित भन्दा ७० जना बढि निको हुने रहेका छन् । लामो समयपछि आज निको हुनेको संख्या निकै बढेको हो । जिल्लामा संक्रमण दर क्रमश घट्दै जाँदा निको हुनेको संख्या बढ्दो रहेकोछ ।
४
जिल्लामा मृत्यु हुनेको संख्या आज पनि थपिएन । १५ महिला र ३१ पुरुष गरी उदयपुरमा मृत्यु हुनेको संख्या ४६ रहेको छ ।
५
अव देशको कोरोना अपडेट
नेपालमा आज ३ हजार ७४९ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ भएको छ । नेपालमा आज ५ हजार २९३ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ
आज ५९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार २३८ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९५ हजार ५७२ रहेको छ ।
६
अव विश्व कोरोना अपडेटको पालो
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५१ लाख ९३ हजार ८२९ पुगेको छ । निको हुनेको संख्या १५ करोड ८७ लाख १७ हजार १३६ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख ७७ हजार ४९६ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २६ लाख, ९९ हजार १९७ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।
