
गजल
दिनरातको जिम्मेवारी बाँकी छ
छ मसँग थोरै इमान्दारी बाँकी छ
जसरी नि उकास्नु छ, यसपाली
बन्दकी राखेको घरबारी बाँकी छ
आइयो दुःख गरियो यो मुलुकमा
हिड्ने बेलाको विदावारी बाँकी छ
नानी, बाआमा सबैलाई किनियो
अब श्रीमतिलाई सारी बाँकी छ
ओहो तिर्नुपर्ने सुची त हेर्नै विर्सेको
कति सहकारी, व्यापारी बाँकी छ
हतार छ मलाइ अहिले जान्छु है
गर्नु पर्ने थुप्रै तयारी बाँकी छ
गोठकृष्ण ठकुरी
मोतिगडा, उदयपुर
