
अम्लपित्तको लक्षण र घरेलु उपचार
पेट फुल्ने (ढाडिने), मुखमा अमिलो पानी तथा ढकारो आउने, खाना नरुच्ने, भोक कम लाग्नु, कुनै बेला उल्टी हुनु, टाउको दुख्नु, हात खुट्टा पोल्नु, चक्कर लाग्नु, निन्द्रा नलाग्नु, डर लाग्नु लगायतका लक्षण देखिएमा अम्लपित्त भएको हुनसक्छ ।
यसको समयमै उपचार नगराएमा यसले ठुलो खतरा निम्त्याउन सक्छ ।
घरेलु उपचार ः
– दैनिक बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा मिश्री मिलाएर लस्सी पिउने ।
– जीरा र धनियाँको धूलो पानीमा हालेर उमाली चिसो भएपछि छानेर पिउने ।
– एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो र थोरै मिश्री मिसाएर दिनमा एक पटक खाना खाएपछि खाने ।