
उदयपुर/असार, ३
उदयपुरमा जारी रमपम उदयपुर गोल्डकपको तेस्रो दिन दर्शकहरुको सामान्य उपस्थिति रहेको आयोजकले बताएको छ ।
खेलको पहिलो र दोस्रो दिन भन्दा तेस्रो दिन दर्शकको चाप केहि कम भएको मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जानकारी दिए ।
चौधरीले पहिलो लेभलको राष्ट्रिय टिम, घरेलु टिम र उद्घाटन खेल तथा पहिलो दिन दर्शकले निकै उत्साहजनक सहभागीता जनाउने आजको दर्शक सहभागीताले प्रष्ट पारेको जनाए ।
पहिलो दिन सुरुको खेल हेर्नका लागि पनि मान्छे निकै उत्साहाले सहभागीता भएको र दोस्रो दिन घरेलु टिमलाई जिताउन र हौसाला थप्न दर्शकले सहभागीता जनाएको चौधरीको अनुमान छ ।
तेस्रो दिन दर्शक सहभागीतामा कम हुनुका कारण पहिलो लेभलको राष्ट्रिय टोली मनाङ मस्र्याङदी जस्ता टिम नआउनु र दोस्रो लेभलको टिमको सहभागिताले पनि दर्शको चाप कम भएको चौधरीको अनुमान छ ।
बिभिन्न समस्या र अन्य ठाउँहरुमा समेत गोल्डकप चलिरहँदा यो पटक पहिलो लेभलको राष्ट्रिय टिमहरु निकै कम रहेको चौधरीले बताए ।
पहिलो दिन साधारण टिकट ८ सय बिक्रि भएका थिए भने, दोस्रो दिन ११ सय पिस बिक्रि भएका थिए । आज देस्रो दिन भने टिकट ६ सयको हाराहारीमा मात्र बिक्रि भएको अध्यक्ष चौधरीले बताए ।
भोली हुने खेल राष्ट्रिय लिगको खेलाडी संकटा भर्सेस काठमाण्डो र गोर्खा ब्वाईज रुपन्देहीको रहेको हुदा दर्शको दोब्बर अपेक्षा गरेको आयोजकले जनाए ।