Monday, February 17News That Matters

उदयपुर, असार ३ गते । 

सञ्चार विद्येयकको विरुद्धमा आन्दोलनरत नेपाल पत्रकार महासंघले मंगलबार विहान हस्ताक्षर अभियान गरेको छ ।

महासंघको शाखा उदयपुरले गाईघाटको लोकतान्त्रिक चौकमा हस्ताक्षर संकलन अभियान गरेको हो । शाखाको अगुवाईमा भएको हस्ताक्षर अभियानमा जिल्लाका पत्रकारहरुको सहभागिता थियो । विभिन्न सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिका, अनलाईन लगायतका मिडियामा कार्यरत पत्रकारहरुले महासंघको अभियानलाई एक्याबद्धता जनाउदै हस्ताक्षर गरेका थिए ।

विद्येयक तत्काल फिर्ता माग गर्दै गरिएको हस्ताक्षर अभियानमा अधिकारकर्मीहरुले पनि एक्याबद्धता जनाएको थिए ।