Friday, February 14News That Matters

श्रीमतीको सम्झनामा एल्बम सार्वजानिक

गायक तथा संगितकार राज खम्वुले श्रीमतीको स्मृति दिवसको अवसरमा अमेरिकामा एल्वम सार्वजानिक गरेको छ ।

गत बर्ष निधन भएकी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसको अवसर पारेर एिल्बम सार्वजानिक गरेको हो ।

बिभिन्न बिधामा आधारित ६ ओटा गित एल्बममा समावेश गरिएको छ । आधुनिक, लोक, मारुनी जस्ता गितहरुलाई एल्वममा समेटिएको गायक तथा संगितकार राज खम्वुले बताए ।

एक औपचारिक कार्यक्रम गरी बरिष्ट गायक प्रताप सुब्बा, रविन शर्मा, बरिष्ट. गायिका सपना श्री, बरिष्ट साराङगी बादक श्याम नेपाली लगाएतले एक मुष्टमा एल्बमको सार्वजानिक गरेको हो ।

सार्वजानिक कार्यक्रममा कवि, रचनाकार, सँगित प्रेमी साहित्य प्रेमी लगाएतको बाक्लो उपस्थिति रहेका थिए ।