Thursday, May 7News That Matters

अग्रज व्यावसयी राईको निधन अघि कोरोना पुष्टि

पूर्णपुष्टि, कात्तिक ३

उदयपुरको सदरमुकाम गाईघाटका प्रथम व्यावसायी कमानसिंह राईको निधन हुनु अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारको क्रममा व्यावसायी राईलाई विराटनगरमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई थप उचारका लागी काठमाण्डौँ लैजाने क्रममा बाटोमै निधन भएको परिवारले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि निधन भएका व्यावसायी राईको शव नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार नेपाली सेनाले व्यावस्थापन गरेको जनाईएको छ ।

उनी खोटाङको साविक चिप्रिङ गाविसमा २००० साल जेठ १६ गते जन्मेका थिए । उनको ७७ वर्षको उमेर निधन भएको हो ।

गाइघाट बजारको स्थापना र विस्तारमा स्वर्गीय राईको ठूलो योगदान रहेको छ । उनी लाहुरेको जागरी छाडेर व्यावसायमा होमिएका थिए ।

जिल्लाकै पहिलो क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना गर्नमा पनि उहाँको ठूलो योगदान रहेको छ । उनी ब्यापारिहरुको सस्था त्रियुगा उधोग बाणिज्य सङघको स्थापक सदस्यसमेत हुन् ।