
पूर्णपुष्टि, कात्तिक ३
उदयपुरको सदरमुकाम गाईघाटका प्रथम व्यावसायी कमानसिंह राईको असामयिक निधन भएको छ । खोटाङको साविक चिप्रिङ गाविसमा २००० साल जेठ १६ गते जन्मेका व्यावसायी राईको ७७ वर्षको उमेर निधन भएको हो ।
गाइघाट बजारको स्थापना र विस्तारमा स्वर्गीय राईको ठूलो योगदान रहेको छ । उनी लाहुरेको जागरी छाडेर व्यावसायमा होमिएका थिए ।
जिल्लाकै पहिलो क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना गर्नमा पनि उहाँको ठूलो योगदान रहेको छ । उनी ब्यापारिहरुको सस्था त्रियुगा उधोग बाणिज्य सङघको स्थापक सदस्यसमेत हुन् ।

