Wednesday, May 6News That Matters

अझै हटेन तुईन

भदौ २१ गते । 

दोलखाको खानी खोलामा काठे पुल समेत नहुदा स्थानियबासीहरु जिर्ण तुईनको प्रयोग गर्न बाध्य भएका छन् । गौरीशंकर गाउँपालिका–८ मार्बु र खारेका सिमाना टोपारको खानी खोलामा पुल नहुदा जोखिम मोलेर तुइनबाट खोला तर्न बाधय भएको हो  ।

सरकारले तुईनमुक्त अभियान नै ल्याएपनि टोपटारमा काठे पुलसमेत नहुदा जोखिम पूर्ण तुईनको प्रयोग गर्न स्थानियहरु बाध्य छन् । खोलामा पक्की पुलको माग गरेको वर्षाैं बित्दा सकेको छ । हिउँदयाममा खोलाको वहाव कम हुने भएकाले काठको पुल प्रयोग गर्ने र वर्षा सुरु भएसँगै खोलाबाढीले बगाएर लाने गर्दछ  ।

उक्त क्षेत्रको बालबालिकाहरु छिमेकी वडा मार्वुको हिमवर्ति माविमा अध्ययन गर्न जाने विद्यार्थीहरुले पनि जीर्ण तुइनको प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।

३ वर्ष पहिला नै त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणको लागि बजेट प्राप्त भई निर्माण व्यवसायीसमेत छनौट भइसकेको गौरीशंकर गाउँपालिकाले जनाएको छ । निर्माण व्यवसायीले झोलुङ्गे पुल निर्माण सुरु नगर्दा स्थानीयवासी तुइन प्रयोग गर्न बाध्य भएको पालिकाले जनाएको छ  ।

चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई दबाब दिइने पालिकाले जनाएको छ । हाल तुइन प्रयोग भइरहेको स्थानमा अबको एक साताभित्र अस्थायी पुल गाउँपालिकाले व्यवस्था गर्ने पालिकाले जनाएको छ ।