Friday, May 22News That Matters

अझै १५ दिन लकडाउन थप्न र कडाई गर्न उच्चस्तरीय समितिको सिफारिस

पूर्णपुष्टि, जेठ ४ गते ।

लकडाउन थप्दै थप कडाइ गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ ।

आज बसेका समितिको बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउन थप्ने बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । नेपालमा कोरोना संक्रमणको अवस्था हेरेर १५ दिनसम्म लकडाउनको अवधि थपिन सक्ने जनाईएको छ ।

बजेट छुट्याएरै भए पनि पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । संक्रमितको सख्या बढ्दो क्रम रहेको र दुई जनाको निधन भएकाले कलकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष रहेको जनाईएको छ ।

लकडाउन अझ कडाइ गर्दै लैजाने र पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधि भोलि अर्थात सोमबार सकिँदैछ ।