Sunday, June 28News That Matters

अटो दुर्घटनामा १ जनाको मृत्यु

ईलाम, फागुन २३

ईलामको सुर्योदयमा अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–९ मा अटो टेम्पो पल्टदा अटो चालकको मृत्यु भएको हो ।

आईतबार बिहान १० बजे गोर्खेबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका अटो चालक स्थानीय ४२ बर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।