Saturday, June 20News That Matters

अन्तराष्ट्रिय नेपाल समाजले पत्रकार महासंघ उदयपुरलाई अक्सिजन ग्यास सिलिन्डर वितरण गर्यो

पूर्णपुष्टि, असार ९

अन्तर्राष्ट्रिय नेपाली समाजका उदयपुर बासी पदाधिकारीहरुको सकृयतामा नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन ग्यास सिलिन्डर वितरण गरेको छ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या उच्च भएसँगै नेपाल पत्रकार महासंघ उदयपुर शाखाको भवनमा ४ शैयाको आइसुलेशन सेन्टर संचालनमा रहेकोकोछ । यस आइसुलेशन सेन्टरमा अक्सिजन ग्यास सिलिन्डरको अभाव भएको कारण पत्रकार महासंघ उदयपुर शाखाले अन्तर्राष्ट्रिय नेपाली समाजसँग सिलिन्डर माग प्रस्ताव गरेको थियो । उदयपुर बासी अन्तर्राष्ट्रिय नेपाली समाजका पदाधिकारीहरुको सकृयतामा आर्थिक संकलन गरी ४० लिटरको अक्सिजन सिलिन्डर, केहि स्यानिटाइजर र मास्क नेपाल पत्रकार महासंघलाई वितरण गरेको हो । केन्द्रीय उपाध्यक्ष झलक बुढाथोकी तथा आभास अभियन्ता साथै अन्तर्राष्ट्रिय नेपाली समाज महिला समिति उपाध्यक्ष नजबुल खान (निलम) को सकृयतामा आर्थिक सहयोग अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय समिति मलेसिया, समाजका शुभेच्छुक  उदयपुरका माथवरशिंह राउत अमेरिकाबाट, शन्देश बुढाथोकी कोरियाबाट, दुर्गा राई पोर्चुगलबाट, रुपा राई, गणेश खत्री (दिपक) नेपालबाट प्राप्त भएको थियो।

यस अघि पनि अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कोरोना आइसुलेशन सेन्टरलाई ५५ हजार रुपैयाँ बराबरको संक्रमितलाई पोषणयुक्त खाद्यान्न वितरण गरेको थियो ।

कोरोना संक्रमणको प्रभावित जिल्ला मध्य उदयपुर पनि एक हो । हाल सम्म उदयपुरमा २ हजार ६९ जना संक्रमित भएकोमा ४८ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी  यस अभियानबाट उदयपुर जिल्लाकै एक क्यान्सर पिडित व्यक्ति भिम बहादुर अधिकारी ( अनिल) जो लामो समय देखि भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अभावका बाबजुद उपचारका क्रममा हुनुहुन्छ, उहाँलाई सिघ्र स्वास्थ लाभको कामना गर्दै यस समाजको तर्फबाट (रु. ५०००) सानो आर्थिक सहयोग गर्न लागिएको हो । उक्त सहयोग रकम उहाँको उदयपुरमा रहेका आफन्त मार्फत हस्तान्तरण गरिने भएको छ ।