
पूर्णपुष्टि, चैत १
बेलायतमा एक प्रहरी अधिकारीमाथी अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । लण्डन महानगर प्रहरीका प्रहरी ४८ वर्षका वायन कुजेन्समाथि ३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।
गत मार्च ३ तारिखदेखि सम्पर्कविहीन भएका एभरेड मृत अवस्थामा भेटिएकी थिइन् । एभरेडको हत्या आरोपमा प्रहरी जवान कुजेन्सलाई गत मंगलवार पक्राउ गरिएको थियो । हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
महिलाहरुले सुरक्षा दिने निकायबाट नै असुरक्षा बढेको भन्दै प्रदर्शन गरिरहेको जनाईएको छ ।
