Sunday, June 14News That Matters

अफगानिस्तानमाका करिब ४० हजार बालबालिका खोपबाट वञ्चित

पूर्णपुष्टि, कात्तिक १८ 

अफगानिस्तानमा करिब ४० हजार बालबालिका नियमित खोप सेवा वञ्चित भएका छन् ।
५ वर्षमुनिका करिब २ लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्नेमा तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित भएको सरकारको दाबी रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएका प्रान्तीय जनस्वास्थ्य कार्यालयले जनाएको जनाईएको छ । तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको जनाईएको छ ।
सरकारले ४० हजार बालबालिकालाई घर घरमा पुगी खोप दिने अभियान थालेको थियो । तर यमगन, रघुस्तान, दारा–ए–खुस्तक, जुर्म र वारजुजका केही क्षेत्रमा खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । तालिवानीले सरकारको दाबी आधारहीन रहेको र केही बालबालिकाका अभिभावक आफैँले खोप दिन अस्वीकार गरेको बताएको जनाईएको छ ।

अफगानिस्तानको सरकारले देशभरका ६१ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिन गरी अभियान चलाएको छ ।