Tuesday, August 11News That Matters

अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद

पूर्णपुष्टि,चैत १०

झापा बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ ।

सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे १ ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा सिकिम गोल्डेन नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो ।

बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय–२ का २८ बर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।