
पूर्णपुष्टि, भदौ २४
अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो तिब्र रुपमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको हो ।
डढेलोबाट आठ जनाको मृत्यु भईसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ । डढेलोले ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति पुगेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
एउटै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक भएको विभागले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको जनाएको छ ।
यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको जनाईएको छ । क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै २२ वटा काउण्टीमा बिजुली काटिएको छ । त्यहाँ एक लाख ७० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । डढेलो धेरै लागेको कतिपय ठाउँमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।

