Saturday, April 25News That Matters

अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस फेसबुकले हटायो

पूर्णपुष्टि, साउन २२

सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोष्ट गरेको कोरोना भाइरस सम्बन्धी पछिल्लो स्टाटस हटाएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकले जनाएको छ । ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो ।

अन्तर्वार्तामा उहाँले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको बताउनुभएको थियो ।

ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्य भन्दा विपरीत भएको भन्दै फेसबुकले उहाँको पोष्ट हटाएको जनाएको छ ।