Thursday, May 21News That Matters

अमेरीकाले डब्लयूएकचओलाई गर्दै आएको आर्थीक सहयोग रोक्ने

पूर्णपष्टि, बैशाख ३ गते । 

अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग कटौती गर्ने भएको छ ।

डब्लयुएचओले आफ्नो कर्तव्य पूरा गर्न नसकेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले प्रशासनलाई डब्लयूएचओका सहयोग रोक्न निर्देशन दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डब्लयूएचओले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न डब्लयूएचओले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नै पर्नेमा जोड दिए ।

अमेरीका डब्लयूएचओलाई सवै भन्दा बढी आर्थीक सहयोग गर्ने देश हो । गत वर्ष अमेरिकाले २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम डब्लयूएचओको १५ प्रतिशत बजेट बराबर हो ।