Monday, April 20News That Matters

अलैची गोड्न गएका एक जना मृत फेला

ताप्लेजुङ, भदौ ३ गते ।

ताप्लेजुङको मिक्वा खोलामा अलैची गोड्न गएका एक जना मृत अवस्थामा फेला परेको छ । मिक्वा खोला गाउँपालिका –४ दलैचा निबासी ४८ वर्षीय मनकुमार भनेर चिनिने मनमरे लिम्बु मृत अवस्थामा फेला परेको हो ।

आफ्नै बारीमा अलैची गोड्न गएको लिम्बु तीन दिन देखि हराएको थियो । लिम्बु घर नफर्केपछि उनको श्रीमती पवित्रा लिम्बुले प्रहरीलाई खबर गरी खोजतलास गर्ने क्रममा मिक्वा खोलाको बगरमा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ ।