
उदयपुर, भदौ २४
उदयपुरको कटारीमा अवैध यूरिया मल र सुर्तीसहित गाडी पक्राउ परेको छ ।
कटारी नगरपालिका–१ बेलस्रोतबाट राजस्व छली गरी ल्याएको अवैध ४० बोरा यूरिया मल र ५ बोरा सुर्तीसहित बोलेरो पक्राउ गरको प्रहरीले जनाएको छ ।
सिराहाको मिर्चैयाबाट कटारी तर्फ आउँदै गरको प्रदेश –२–०१–००१ च ०१४८ नम्बरको बोलेरो पिक अप भेनलाई प्रहरी चौकी बेलस्राबाट खटेका विशेष प्रहरी टोलीले गतराती चेक जाँच गर्ने क्रममा राजस्व छली गरी अवैध यूरिया र सुर्र्ती फेला पारेको प्रहरीले जनाएको छ ।
सुर्ती तस्कर गर्ने ३६ वर्षीय अन्जितकुमार खड्कालाईसमेत नियन्त्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय लहान सिराहा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

