Sunday, June 7News That Matters

अवैध सामान बरामद

झापा, माघ २७ गते ।
झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरबाट अन्दाजी एक लाख ७५ हजार बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटेका प्रहरी टोलीले विहान करिब साँढे ५ बजे नेपालबाट भारत तर्फ लैजाँदै गरेको एक सय २५ केजी मरिीच, दुई सय केजी छगडा र १५ केजी स्याउ बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान ईप्रकामा राखी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।