
उदयपुर, कात्तिक २६ गते ।
अवैध ५ बोरा गाजासहित दुई जना पक्राउ परेका छन् । ताप्ली गाउँपालिकाबाट बोलेरो गाडीमा कटारी तर्पm ल्याउँदै सोमबार प्रहरीले गाँजासहित पक्राउ गरेका हुन् ।
कटारी हुदै सिराहा जिल्ला तर्फ लैजादै गरेको स १ च १७६६ नम्बरको बोलेरोमा लुकाई छिपाई राखे अवस्थामा करिब ९५ केजी गाजा र नगद २५ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सिरहाको धनगढी नगरपालिकाका–१४ निबासी ४५ वर्षीय कन्सलाल तामाङ्ग र १३ नम्बर वडाका ३५ वर्षीय मोहन भनेर चिनिने जीवन तामाङ्ग पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
गाडीको चालक, सहचालक र अर्का एक सहयोगी फरार रहेको प्रहरीले जनाएको छ । ताप्लीबाट गाजा लिएर सिरहा तर्फ जाँदै गरेको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका चालक, सहचालक, सहयोगी र गाडी धनीको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
