
पूर्णपुष्टि, जेष्ठ, ११
जनकपुर अस्पतालबाट एक जना कोरोना संक्रमित झ्याल फोडेर फरार भएका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट आइतबार ४० बर्षिय कोरोना संक्रमित फरार भएको हो । संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।
आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका पुरुष हुन् । उनको खोजी कार्य भइरहेको २ नं प्रदेश प्रहरीले जनाएको छ । ’संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक(पटक भाग्ने प्रयास गरिरहेको अस्पतालले जनाएको छ । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।
आज बिहान भने उनी झ्याल फोडेरै भागेका भागेको अस्पतालले बताए । अस्पतालका अनुसार यसअघि पनि उनले पटक(पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए ।
