
पूणर्पुष्टि, कार्तिक १०
प्रधानमन्त्रि केपी शर्मा ओलीले यो बर्षको दशैँ जो जाहाँ छौ त्यही रहेर मनाउन आग्रह गर्नुभएको छ । कोरोना भाईरसको माहामारीका कारण आवत जावत नगर्न आग्रह गर्दै घरपरिवारमै चाँडबाँड मनाउन आग्रह गर्नुभयो ।
ओलीले दशैँमा हुने विषेश कार्यक्रमहरु पनि नराख्न अनुरोध गर्नुभयो । प्रधानमन्त्री निवासमा हुने ‘बडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ समेत नराख्न उहाँले निर्देशन गर्नुभएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन उनले सबैमा आग्रह गर्नुभयो ।
अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा दसैंलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव उहाँले दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूणर् नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौं, त्यहीँत्यहीँ रहेर मनाउन अनुरोध गर्नुभयो ।
