
पूर्णपुष्टि, जेठ ३२ गते ।
सुनसरीमा आगलागी हुदा दुई घर जलेर नष्ट भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको हो ।
आज बिहान कबिर ५ बजे हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको प्रहरीले जनाएको छ ।
सुरु भएको आगो ५ वटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ ।
