
सोलुखुम्बु, कार्तिक २७ गते ।
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा संचालित होटल ईन्टेकमा आगलागी हुदा करिव अढाइ करोड भन्दा बढीको क्षति भएको छ । पिन्सो लामाले संचालन गरेको होटलमा खाना पकाउने क्रममा मंगलवार दिउँसो साँढे ४ बजे ग्याँस चुल्होबाट आचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
घर भित्र रहेको फर्निचर, लत्ता कपडा,भाँडा वर्तन, खाद्यान्न, बेकरी मेसिन र नगद १ लाख ५० हजार जलेर नष्ट हुँदा अन्दाजी २ करोड ५७ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।
आगो प्रहरी र स्थानीयको सहयोगमा बेलुका ६ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानविय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।
