
पूर्णपुष्टि, चैत १३
भोजपुरमा वनमा लागेको डढेलो गाउँ पसेपछि चार घर जलेर नष्ट भएको छ ।
सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेपछि बिहीवार बेलुका हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागीबाट हतुवागढी–८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको प्रहरीले जनाएको छ ।
मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
